काठमाडौं । देवर र भाउजु शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

त्यहाँको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति (भाउजु) बिक र गणेश (देवर) बिकलाई एउटै रुखमा झुन्डिएको अवस्थामा फेला पारिएको हो ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना पर्ने रेला पुल नजिक उनीहरु मृत भेटिएका छन् ।

त्यहाँको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाको पुष्टि गरेको छ । मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान थालेको जानकारी गराएको छ ।

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु