काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ।

खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार बेहोरेको छ ।

अस्ति अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो ।

नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ ।

त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटामा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । नेपालले अब अन्तिम खेलमा अमेरिकासँग भोलि खेल्ने छ ।

 

सम्बन्धित खबरहरु