दाङ । लम्बिनी प्रदेश सभा सदस्य (सांसद) मा दाङ ३ (ख) मा तत्कालिन सांसद उत्तर कुमार खत्रीको निधन भएपछि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा तत्कालिन नेकपाबाट श्रीमान् खत्रीको निधनपछि उनकी जीवन संगिनी विमला कुमारी खत्री (वली) लाई टिकट दियो ।

उपनिर्वाचनमा उहाँले जित्नुभयो । जितेपछि उहाँले पार्टी फेरेर माओवादीमा जानुभयो । नेकपा माओवादी केन्द्र रोजेपछि उहाँलाई लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बन्नुभयो ।

श्रीमान खत्रीको सडक दुर्घटनाबाट निधन भएको थियो । निधन भएको केही बर्ष नपुग्दै परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो ओहोदामा पुगेको व्यक्तिको समेत यो हर्कतले सबै चकित बनेका छन् । स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीलाई खवर गरेका थिए । प्रहरीले वलीलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ ‘खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनु भएको छ ।

बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको घटनास्थलमा पुगेका पत्रकार गणेश आचार्यले पुष्टि गर्नुभएको छ ।

राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गर्नुभएको हो ।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/watch?v=YMEifgPjyVg

सम्बन्धित खबरहरु