रोल्पा । भरुवा बन्दुक प्रहारबाट रोल्पामा श्रीमानले आफ्नै जीवन संगीनीको हत्या गरेका छन् । ह्वामा–८ ह्वामा गाउँका ३३ वर्षीय श्यामकुमार बाँठामगरले शुक्रबार दिउँसो गोली हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भरुवा बन्दुकको बारुद लागेर ३२ वर्षीय श्रीमती जसमिता वाँठामगरको हत्या गरेका श्यामलाई गाउँलेले समातेर प्रहरीलाई खवर गरेका हुन् ।
प्रहरी नायव उपरिक्षक नविनराज राईका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घतनास्थल सदरमुकाम लिबाङबाट तीन घण्टा पैडल पुग्न सकिन्छ ।
‘बन्दुकले हानेर पत्नीको हत्या गरेकाले समातेर राखेको खबर आएपछि तत्काल प्रहरी घतनास्थल गएको थियो ।’ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।