काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ कतारमा हुँदैछ । २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै देशको टुङ्गो लागेको छ ।

अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराएर विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।

फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकोले कोस्टारिका कठिन समूहमा परेको छ ।

स्पेन, जर्मनी र जापान रहेको समूह ई मा कोस्टारिका परेको छ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् ।

यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

२२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ए मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो ।

यो प्रतियोगिता हरेक ४–४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ ।

सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन ।

यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ ।

यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो । यो पटक (२०२२) कतारले आयोजना गर्दैछ ।

कुन समूहमा कुन टिम ?

  • समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
  • समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
  • समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
  • समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया
  • समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका
  • समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
  • समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
  • समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

सम्बन्धित खबरहरु