काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा संसदीय दल सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल मार्फत नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन कुमार थापालाई चारपाटा मोडेर थानकोट कटाउन व्याख्यात्मक टिप्पणी गर्दै फेसबुक पोष्ट गर्नुभएको छ ।

एमालेको प्रभावशाली नेताको रुपमा स्थापित चौधरी प्रवासी नेपाली मञ्च अमेरिकाको आसन्न निर्वाचनका लागि अहिले उतै हुनुहुन्छ ।

उहाँले केही अगाडि अमेरिकाबाटै पोष्ट गरेको स्टाटस्मा करिव दुई हजारले रियाक्ट गरेका छन् भने करिव चार सयले कमेन्ट गरेका छन् ।

सांसद गगन थापाले एमसीसी पास गर्दा संघीय संसदको रोष्टममा उभिएर एमसीसी पास गर्दा अमेरिकी सेना आयो भने आफूलाई चारपाटा मोडेर आफ्नो व्यक्तिगत सम्पत्ति जफत गरी थानकोट कटाउनु भन्नुभएको थियो ।

त्योपनि संसदको अधिवेशनमा बोल्नुभएको थियो । उक्त भिडियो अहिलेपनि संसदको रेकर्डमा छ ।

संघीय संसदबाट एमसीसी पास भएसँगै अमेरिकी राजनीतिक तथा सैनिक नेतृत्वको बाक्लो भ्रमण भएको, एमसीसी पास भएको हप्ता नबित्दै अमेरिकी सेनासहितको जहाज काठमाडौं अवतरण गरेको र गत हप्ता अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिनले नेपाल आई प्रधानमन्त्री शेर बहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा सैन्य रणनीति सम्बन्धी साझेदारीमा हस्ताक्षर गर्ने एजेण्डा चर्चामा आएको छ ।

स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) नेपालका लागि घातक छ भनेर आज भने उहाँ नै भन्दै हुनुहुन्छ । यो पूर्ण रुपमा सैन्य गतिविधि गर्ने सम्झौता भएको सम्झौतापत्रमा देखिन्छ ।

यो सम्झौता भयो भने त अमेरिकी सेनाको झुण्ड आएर नेपालमा क्याम्प बनाएर नै बस्नेछ ।

असंलग्न पराराष्ट्र नीति अंगालेको नेपाललाई द्वन्दको भूमरीमा पुर्याउन लागेको भन्दै सत्ता पक्षीय माओवादी नेता र प्रतिपक्षी एमाले सांसदहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।

एमाले नेतृ शान्ता चौधरीको फेसबुक स्टाटस् यस्तो छ ।

चारपाटा माेडेर
थनकाेट कटाउनु भनेको कुरा आज निकै चर्चामा छत ,के हो कुरो?
यस्को पनि ब्याख्यातमक टिप्पणी गर्दै सदर गर्ने त होलाननी है?

सम्बन्धित खबरहरु