काठमाडौं । कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाबाट पारित भएको प्रश्नावली प्रस्ताव समितिलाई कुनै पनि हालतमा खारेज गर्न नसकिने प्रष्ट पारेका छन् ।

′संविधानसभाबाट पारित भएको प्रस्तावलाई उल्टाउन, सच्याउन, खारेज गर्नै मिल्दैन, ′ निजी निवास बुढालिनकण्ठमा शुक्रबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझ्दै देउवाले भने, ′एमाओवादीसहितका विपक्षी मोर्चा त्यही प्रश्नावली समितिमा आएर सहमति खोज्नुपर्छ, त्यसलाई खारेज गर्ने पक्षमा हामी छैनौं । ′

संविधानसभाकाअध्यक्ष सुवासचन्द्र नेम्बाङले विधि, प्रक्रिया र संविधानसभाको नियामावलीअनुसार नै प्रश्नावली समितिको प्रस्ताव गरेको बताउँदै देउवाले तत्काल विपक्षी मोर्चालाई आन्दोलन छाडेर वार्ताको टेबलमा आउन आग्रह गरे । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु