काठमाडौं । स्वास्थ्य राज्यमन्त्री बिमला खत्री (वली) अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनु भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज हुनु भएको अस्पतालले जानकारी गराएको छ ।

दाङबाट बुटवलमा आउनु भएकी उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । अहिले अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालले जानकारी गरायो । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आरामसहित औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको हो ।

उहाँ अस्पतालबाट बुटवलस्थित निवासमा गएको उहाँनिकट स्रोतले जानकारी दिएको छ । मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबरहरु