काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई गम्भीर प्रश्न गर्नुभएको छ ।

एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले संसदको रोष्टमबाट अमेरिकी सेना आउँदैन, सेना आएमा आफूलाई नागरिकता छिनेर, आफ्नो सर्वस्व हरण गरेर, थानकोट कटाइयोस् भन्नुभएको थियो ।

अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गर्नुभयो ।

‘१० बुँदे सहमतिमा नेपालमा सेना राख्ने र नेपाली सेनाजस्तै अधिकार दिनुपर्छ भनिएको छ। यसअघि नेपालमा अमेरिकी सेना आउँदैन भनेर कुरा उठेको थियो,’ उहाँले भन्नुभयो, ‘यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झुण्डिनेसमेत एक जना सत्ता पक्षका माननीयज्यूले गर्नुभएको थियो। अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने मेरो प्रश्न छ।’

अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सन्दर्भमा गगनले दोहोरो चरित्र देखाउनुभएको थियो ।

आफ्नो पार्टी सत्तामा नहुँदा एमसीसी राष्ट्रघाति छ भन्दै भाषण गर्दै हिड्नुभयो । आफ्नो पार्टी सरकारमा आएपछि पनि केही समय एमसीसी नेपालको संसदबाट एक गर्नु हुन्न, दुई गर्नु हुन्न, तीन गर्नुहुन्न भन्दै ठोकुवा गर्नुभयो ।

तर जब पाँच दलीय गठबन्धन भत्किने हो की भन्ने अवस्था आयो उहाँमा एकाएक परिवर्तन आएको थियो । उहाँले एमसीसी सहयोग सम्झौता मात्र हो । लिए हुन्छ । अमेरिकी सेना नेपालमा आउँदै आउँदैन ।

आयो भने चारपाटे मुढाउने, सर्वस्व सहित सबै सम्पत्ति हरण गर्ने, थानकोट कटाउने यो मलाई टुँडिखेलमा झुण्ड्याए हुन्छ भन्नुभएको थियो । यसै सन्दर्भमा खुबै स्टाटस्हरुपनि आइरहेका छन् ।

 

सम्बन्धित खबरहरु