काठमाडौं । रोल्पा, त्रिवेणी गाउँपालिका–४ सिमपानी बस्ने ४६ वर्षीय मुक्त वहादुर बुढाको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद ३५ हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, गेरुवा गाउँपालिका–२ पाताभार बस्ने ५८ वर्षीय चित्र बहादुर बिकको भन्सार घर छेउमा राखेको से.१ प ९५४५ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । यस्तो कसरी भयो भनेर अहिले प्रहरीले अनुशन्धान गरिरहेको छ ।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–७ रानीनगरमा विवेक गौतमको फेन्सी पसलमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

दोलखा, शैलुङ गाउँपालिका–८ फलामपोखरी बस्ने गिता बस्नेत थपलियाको कुखुराको खोरमा बुधबार राति आगलागी हुँदा जस्ताको टहरा, अण्डा पार्ने ८ सय वटा कुखुरा र ४ सय २० क्रेड अण्डा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु