काठमाडौं । सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ ।

तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ ।

भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ ।

नेपालमा मनसुन सुरु हुनु अघि चट्याङको अत्याधिक खतरा घ । चट्याङकै कारण कयौँले ज्यान गुमाएका छन् । हाम्रो जस्तो देशमा बिजुलीमा अर्थिङ्ग सुरक्षा राम्रो छैन ।

यो बेला तपाई बिजुलीमा जोडिने साधनका नजिक बस्नुभयो भने जतिबेलापनि आउन सक्ने चट्याङले करेण्टसँग समन्वय गरेर जतिबेलापनि ज्यान जान सक्छ ।

विशेषगरी मोबाई चार्जमा यो समय अत्याधिक ध्यान दिनुहोस् । मोबाईल चार्ज गर्दै चलाउने बानी त पटक्कै नगर्नुहोस् ।

आज मात्र गोरखा धार्चे गाउँपालिका–७ ठाटी देउराली बस्ने २५ वर्षीय चन्द्रमान गुरुङको यही कारण मृत्यु भएको छ । उनको चट्याङ लागेर मृत्यु भएको बताइएको छ ।

आफ्नै घरमा विजुलीको प्लगबाट मोबाइल चार्ज गरी निकाल्ने क्रममा त्यही बेला चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

के हो चट्याङ ?
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो ।

हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।

यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन ।

अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई (उष्ण बिजुली) भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् ।

करेन्ट लागेर मृत्यु
धनुषा । सबैला नगरपालिका–९ भठियन चोक बस्ने ४२ वर्षीय ज्ञानेन्द्र ठाकुर बरहीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही चोकस्थित सडक छेउमा बिद्युतको तार चुडीएको अवस्थामा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाग्री आफूले पढिसकेपछि सबैको सचेतनाका लागि सेयर गरिदिनुहोला !!

सम्बन्धित खबरहरु