काठमाडौं । प्रमुख दलहरुको बैठक प्राय प्रधानमन्त्री सुशील कोइराला, संविधानसभामा अध्यक्ष सुवास नेम्बाङ र संबैधानिक राजनीतिक समितिका सभापति बाबुराम भट्टराइको पहलमा बस्ने गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सभामुखको कार्यकक्ष सिंहदरबार, शान्ति कोषको सचिवालय बबरमहल र संवाद समितिको कार्यालय सिंहदरबारमा बैठक बस्ने गरेको छ ।
कति लामो बैठक हुन्छ भन्ने हेरेर शीर्ष नेताहरुका लागि चिया, खाजा र खानाको ब्यवस्था बैठकमा गरिएको हुन्छ ।
छोटो बैठकमा प्राय चिनी भएको र नभएको कालो चिया पिएर नेताहरु छुटिन्छन् ।
बैठक लम्बिए हेबी ब्रेकफास्ट तथा खानाको ब्यवस्था हुन्छ । देशको स्वास्थ्थप्रति त्यति धेरै ख्याल नगरेपनि शीर्ष नेताहरु आफूले खाने खाना खाजाप्रति निकै सचेत देखिन्छन् ।
प्रधानमन्त्री कोइराला चिनी विनाको कालो चिया, ग्रिनटी लिन्छन् । खाजामा खरबुजा दुई चार टुक्रा खान्छन् । भेज खाना मन पराउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली चिनी विनाको कालो चिया, ग्रिन टी नै लिन्छन् । फलफूल र डाइजेस्टिक विस्कुट खान्छन् ।
प्रचण्डले चिनी विनाको कालो चिया, ग्रिनटी खान्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।