काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।

मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउदै नेपालले विजयीयात्रा सुरु गरेको हो ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मा समेटीएको थियो ।

छिरिङ जान्ग्मोले भुटानका लागि सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ रन जोडिन् ।

बलिङमा नेपालका लागि संगीता राईले एकलैले ४ विकेट लिइन् । कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सीता रानामगर र इन्दु वर्माले १–१ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले र्निधारित २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन जोडेको थियो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडीन् । त्यस्तै इन्दु बर्माले २० रन कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन जोडीन् ।

 

सम्बन्धित खबरहरु