काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले थुनामा रहेका रेशम चौधरीलाई भेट्नुभएको छ ।

उहाँले डिल्लीबजार कारागार पुगेर चौधरीसँग भेटघाट गर्नुभएको हो ।

आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेर उहाँले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेट्नुभयो ।

कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गर्नुभएको थियो ।

भेटका क्रममा भावी दिनमा हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गर्नुभएको छ ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उहाँलाई कारागारमा राखिएको छ । मुद्धा अझै चलिरहेकाले उहाँ कारागारमा नै हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु