काठमाडौं । युक्रेनमा जारी युद्धले त्यहाँको जनजीवन तहसनहस बनेको रिपोर्ट बाहिर आएको छ ।

त्यहाँ १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ ।

युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।

यता युरोपेली आयोगले युक्रेनलाई युरोपेली सङ्घ ईयूको सदस्यताका लागि उम्मेदवार हैसियत दिन सिफारिस गरेको केही बेरमा बोलेका पुटिनले त्यससँगै युरोपका जनताको वास्तविक स्वार्थ प्राथमिकतामा नपरेको दाबी गरेका छन्।

 

सम्बन्धित खबरहरु