काठमाडौं । कारमा शारीरिक सम्पर्क गर्दा आफूलाई यौन सङ्क्रमण सरेको आरोप लगाएकी एक महिलाले झन्डै ५२ लाख डलर क्षतिपूर्ति पाउन सक्ने देखिएको छ ।

अदालती कागजपत्रमा एमओ उपनामले चिनाइएकी ती महिलाले आफ्ना पूर्वप्रेमीको कारमा यौन सम्पर्क गरेकै कारण आफूलाई ह्यूमन पापिलोमा भाइरस (एचपीभी) सरेको दाबी गरेकी छन् ।

मिजुरीस्थित पुनरावेदन अदालतले पनि एमओलाई ठूलो क्षतिपूर्ति दिनुपर्ने फैसला सदर गरेको छ ।

उक्त क्षतिपूर्ति कारको बीमा गरेको कम्पनी गाइकोले तिर्नुपर्ने आदेश दिइएको हो । तर गाइकोले यो निर्णयको प्रतिवाद गरेको छ ।

अदालतमा पेस गरिएका कागजपत्रका अनुसार एमओले आफूलाई सन् २०१८ मा एचपीभी सङ्क्रमण सरेको थाहा भएको बताएकी छन् ।

उनले आफ्ना पूर्वप्रेमीलाई एचपीभी रोग भए पनि उनले आफूलाई त्यसबारे जानकारी नदिएको दाबी गरिन् । रोग सरेपछि आफूलाई पहिला उपचार गर्न खर्च चाहिएको र भविष्यमा पनि चाहिने अनि रोग सरेकाले मानसिक तथा शारीरिक पीडा र कष्ट भएको उनको भनाई रहेको छ ।

उनी अमेरिका, ज्याक्सन काउन्टीकी निवासी हुन् । उनले सन् २०२१ को फेब्रुअरीमा गाइको कम्पनीसँग १० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन् ।

आफ्ना पूर्वप्रेमीको ह्युन्डाई जेनसिस कारमा शारीरिक सम्बन्ध राख्दा आफूलाई रोग सरेको र बीमा कम्पनीको नीतिले क्षति बेहोर्नुपर्ने उनको दाबी थियो ।

तर बीमा कम्पनीले त्यस्तो क्षति बेहोर्ने नीति नरहेको भन्दै उनलाई क्षतिपूर्ति दिन अस्वीकार गरेपछि उनी अदालत पुगेकी हुन् । बीमितले सवारीसाधनमा यौ*निक गतिविधि भएको र उक्त क्रियाकलाप महिलालाई एचपीभी सङ्क्रमण हुनुमा प्रत्यक्ष कारक रहेको वा त्यसले कारणमा प्रत्यक्ष योगदान गरेको ठहर गरेको थियो । एचपीभी भाइरसको सङ्क्रमण प्रायः लक्षण नदेखिने किसिमको हुन्छ ।

तर केही मानिसहरूलाई भने हात, खुट्टा, यौ*नाङ्ग वा मुखभित्र मुसा देखा पर्छ । उच्च जोखिमयुक्त एचपीभीले कतिपयको शरीरमा अस्वाभाविक तन्तुको देखिन्छ र कतिपयलाई क्यान्सर समेत हुन सक्छ । यो भाइरस सङ्क्रमितसँग यौ*न सम्पर्क गर्दा सर्न सक्छ । त्यसबाहेक यौ*नाङ्ग र मुखको छालामा प्रत्यक्ष सम्पर्क हुँदा पनि सर्न सक्छ ।

सन् २०२१ को मे महिनामा मध्यस्थकर्ताले एमओलाई भएको क्षतिका लागि गाइकोबाट ५२ लाख अमेरिकी डलर क्षतिपूर्ति दिलाइनुपर्ने ठहर गरेका थिए ।

त्यसपछि ज्याक्सन काउन्टी सर्किट कोर्टले यसलाई सदर गरेको थियो । तर गाइकोले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्‍यो । त्यसपछि तीन न्यायाधीशहरूको इजलासले बीमा कम्पनीले आफ्नो हितको प्रतिरक्षा गर्न नसकेको भन्दै तल्लो अदालतको फैसला सदर गर्‍यो ।

अदालतको फैसलाका अनुसार गाइको उसलाई दिइएको अवसरको फाइदा लिन असफल भयो । उसले आफ्नो बीमाले (क्षति) नबेहोर्ने कुरा मात्रै गर्‍यो र बीमितको रक्षा गर्न असफल देखियो ।

सीबीएसको मनीवाच कार्यक्रमलाई दिइएको वक्तव्यमा अमेरिकी सवारीसाधन बीमा कम्पनीले सङ्घीय अदालतमा दायर गरिएको मुद्दाले यस्तो कुराको लागि बीमाले समेट्ने वा नसमेट्नेबारे तय गर्ने बताएको छ । बीबीसी

सम्बन्धित खबरहरु