काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले) सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेपछि अहिले जवाफ पनि आएको छ ।

बालबालिकाहरूलाई प्रयोग गरेर नेता रावलको आलोचना हुँदैछ ।

संघीय गणतन्त्र नेपाल स्थापनापछि नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्ने कुरा बेला बेलामा बाहिर आउने गरेकै हो ।

गत बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा भाइरल एक निजी विद्यालयको पाठ्यक्रममा ‘ई’ भनेको ‘ईसा’ र ‘ईसा’ले हाम्रो कल्याण गर्छ भन्ने सन्देश लेखेर अक्षर चिनाउनु खोजिएको कुरालाई लिएर प्रश्न उठेको थियो । पाठ्यक्रममा ‘कहाँबाट आयो ईसा ?’ भन्ने प्रश्न रावलले गर्नुभएको थियो ।

नेता रावलले भन्नु भएको थियो, ‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

ल कसैलाई ईश्वर मान्न भएन, ई माने इमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ?

कि सरकार आफैँ संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्रभित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ ।’ यस विषयमा रावललाई जवाफ दिन सुनिल राज लो लामा (सञ्चारकर्मी) ले केही बालबालिका प्रयोग गरेर ‘ई’ भनेको ‘ईसा’ र ‘ईसा’ले हाम्रो कल्याण गर्छ भनेर किताबमा लेखिएको कुरालाई जायज ठहर्याउनु भएको हो ।

जारी भिडियोमा बालबालिाकाहरु ईसा किताबबाट हटाएर नहट्ने दाबी गरिरहेका छन् ।

लामाले लेख्नु भएको छ, ‘यो भिडियो प्रस्तुत भई रहँदा, सनातन वैदिक धर्मविरुद्ध बाल मस्तिष्कहरू यसरी तयार पारिदैँछन् भन्ने कुरा तपाईलाईं लाग्न सक्ला ।

तर त्यसो होइन भोली ठूलो भएपछी यस्ता लाखौं बालबालिकाहरुले बुझ्नेछन् र यहि प्रश्न गर्नेछ तपाइलाई । जसरी मैले अहिले मानव अधिकारको बारेमा बुझ्ने, मेरो सन्तानले सबै धर्मका कुरा सिक्न पाउनुपर्छ भन्ने कुरा प्रस्तुत गरें ।’ थप भिडियो हेर्नुहोस् / भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु