धुलिखेल । भ्रेको पनौतीमा बाच्छो सेकाउन बालेको मकलबाट सल्किएको आगोले एउटा परिवार नै खरानी भएको छ।

काभ्रेको पनौती नगरपालिका-१० नागेचौरस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीनको मृत्यु भएको छ । बिहीबार राति भएको आगलागीमा स्थानीय ३५ वर्षिय बिनोद केसी, उनी पत्नी र छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाकले जनाएको छ।

आगलागीमा बिनोदकी श्रीमती ३२ वर्षिया भागीरथी केसी र ८ वर्षिय छोरा विपिनको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी पुजा सिंहले जानकारी दिइन् ।

खाना खाएर खुतेका केसी परिवारको कोठा तातो बनाउन खाटसँगै राखेको मकलबाट आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु