काठमाडौं । भाग्य भनेको ऊँट जस्तै हो, जसलाई देखेर कुन छेउमा कतिबेला बस्छ अनुमान गर्न सकिदैन् ।
आज जो अरुको पसल, घरमा केहि रुपैयाँको लागि सबै कुरा मान्छन, भोलि यी मध्ये कोही आफ्नो मालिक भन्दा धेरै गुणा ठुलो बन्न सक्छन् ।
समयको गाडिको उसो त कुनै स्टेयरिङ्ग हुदैन्, तर जो कोहीले पनि समयलाई नियन्त्रण वा उसँगै कुद्न सक्यो भने, खुट्टामा उभिने समय देखि मेहनेत गरेको मान्छे भयो भने नतिजा फरक आउन सक्छ ।
राहुल तनेजाको कथा पनि यस्तै छ । आउनुहोस् जानौं कुनै समय मान्छेहरुको जुठो उठाउने राहुलले आफ्नो मेहनेतले आफ्नो भाग्य कसरी बद्ल्न सफल भएँ ।
देशकै महँगो नम्बर किने
भारत, मध्यप्रदेशको कटलामा जन्मेका राहुल तनेजा १८ वर्षअघि ढाबामा जम्मा भारु १५० रुपैयाँमा काम गर्थे । संसारका अनगिन्ती मानिसहरु जुन परिस्थितिबाट गुज्रिरहेका छन्, जसमा धेरैजनाले आफ्नो सम्पूर्ण जीवन यही परिस्थितिमा बिताउँछन् ।
तर राहुल तनेजाको भाग्य अरुको जस्तो थिएन । ढाबामा काम गर्ने यी व्यक्ति सन् २०१८ मा आफ्नो १.५ करोडको कारमा १६ लाखको नम्बर प्लेट लगाउँदा देशभरका अखबारमा आएका थिए ।
उनले आफ्नो लग्जरी कारको लागि आरजे ४५ सीजी ००१ नम्बर १६ लाखमा किनेका थिए । तनेजा आफ्नो गाडीको नम्बर किनेर चर्चामा आएको त्यो पहिलो पटक थिएन् ।
तर यसअघि उनले २०११ मा आफ्नो बीएमडब्ल्यू ७ सिरिजका लागि १० लाखको भिआईपी ००१ नम्बर किनेका थिए ।
यातायात अधिकारीका अनुसार उनले किनेको १६ लाख नम्बर त्यसबेलासम्मकै सबैभन्दा महँगो नम्बर थियो । त्यसअघि ११ लाख रुपैयाँसम्मका नम्बरहरू पाइन्थ्यो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- तनहुँमा देखियो यस्तो डरलाग्दो दृश्य, थाहा पाउँने सबैको होस उड्यो
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
ठुलो काम गर्न घर छोडे
स्वेज फार्ममा बस्ने राहुल तनेजा अहिले एक इभेन्ट म्यानेजमेन्ट कम्पनीका मालिक हुन् । धेरै पहिले टायर पङ्क्चर गर्ने बाबुका छोरा राहुलको साना आँखामा ठूला–ठूला सपना तैरिन थाले ।
त्यही कारणले गर्दा राहुल सानै उमेरमा घर छोडेर मध्य प्रदेशबाट राजस्थानको जयपुर गएका थिए । खानपिनका लागि त्यहाँको आदर्शनगरस्थित ढाबामा काम गर्न थाले ।
ढाबामा दिनभरी काम गरेपछि त्यसको सट्टा उनलाई महिनाको अन्त्यमा १५० रुपैयाँ लैजान्थे । राहुलको एक खुबी भनेको उनले कठिन परिस्थितिमा पनि पढाइ छोडेनन् । जागिरसँगै उनले राजापार्कको आदर्श विद्या मन्दिरमा भर्ना भए र आफैं अध्ययन गर्न थाले ।
साथीहरूसँग किताब, कापी र नोट मागेर आफ्नो पढाइ जारी राखेका उनले नतिजा आउँदा ९२ प्रतिशत अंक प्राप्त गरेर सबैलाई हैरान बनाए ।
राहुलले एक अन्तर्वार्तामा आफूले दुई वर्षसम्म ढाबामा काम गरेको र त्यसपछि तिहारमा पटाका बेच्ने र होलीमा रंग बेच्ने जस्ता धेरै प्रकारका काम गरेको अनुभव साझा गरेका थिए ।
त्यस्तै मकर संक्रान्ति र रक्षाबन्धनमा राखी बेच्ने काम पनि उनले गरेँ । आफ्नो आवश्यकता र पेट पाल्नका लागि उनले घरघरमा पत्रिका पुर्याउनेदेखि अटो रिक्सा चलाउनेसम्मको काम गरिसकेका छन् ।
साथीहरूले दिए मोडलिङको सल्लाह
त्यसैगरी राहुलले आफ्नो आवश्यकता पूरा गर्न विभिन्न अन्य काम पनि गरिरहेँ । त्यसपछि सन् १९९८ मा उनलाई त्यो बाटो देखाइयो जसले उनलाई धेरै टाढासम्म लैजाँदै थियो । मेहनती हुनुका साथै राहुलले आफ्नो फिटनेसमा पनि पूर्ण ध्यान दिएका छन् ।
उनको राम्रो लुक्स देखेर साथीहरुले उनलाई मोडलिङ गर्न सल्लाह दिए । साथीहरूको सल्लाहलाई मानेर राहुलले मोडलिङ पनि गर्न थाले, त्यसपछि उनी त्यसमा हराए । त्यस क्रममा उनले फेसन शोमा भाग पनि लिए ।
भाग्य राम्रो थियो र १९९८ मा, राहुल जयपुर क्लब द्वारा आयोजित एक फेसन शो मा विजेता चुनिए । त्यसपछि उनले ८ महिना फेसन शो गरेँ ।
फेसन शोहरू गर्नुका साथसाथै राहुलले यी शोहरू कसरी आयोजना हुन्छन् भन्ने कुराको पनि ख्याल राख्न थाले । कार्यक्रम आयोजना कसरी गर्ने भन्ने कुराको जानकारी पाएपछि उनले स्टेजमा नभई ब्याक स्टेजमा काम गर्ने निर्णय गरे ।
अर्थात् अब राहुलले शोमा भाग नलिई त्यस्ता शोको सम्पूर्ण कार्यक्रम सम्हाल्ने काम थालेका छन् । त्यसपछि उनले इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । राहुलले यस कम्पनीलाई आफ्नै बलमा अगाडि बढाए, उनले कहिल्यै पछाडि फर्किनु परेको छैन् ।
नम्बर १ को इच्छा
जसकारण राहुल चर्चामा आए ००१ नम्बर प्रतिको मोहको कथा पनि फरक छ । वास्तवमा, राहुल नम्बर १ सँग धेरै जोडिएका छन् । आफ्नो गाडीको नम्बर मात्रै १ नभई उनको फोन नम्बरमा पनि दस अंकमा सात पटक नम्बर १ आउँछ । उनका सबै गाडीको नम्बर पनि एक अंकमा छ ।
राहुलले देशको सबैभन्दा महँगो कार नम्बर किन्नुअघि चण्डीगढमा ११.८३ लाख रुपैयाँमा एउटा नम्बर बेचिएको थियो ।
राहुल तनेजाले १५० रुपैयाँमा ढाबामा जागिर खाने, फुटपाथमा ज्याकेट बेच्ने, पत्रपत्रिका बाँड्ने, अटो चलाएर पेट भरेको आफ्नो नम्बर एकको चाहना सुनाएका थिए । उनी भन्छन्, ‘मलाई थाहा छ गरिबी कस्तो हुन्छ ।’ सधैं पहिलो नम्बरमा रहन चाहनेले गर्दा उनले १ नम्बर चुनेका हुन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!