मोरङ । बुढीगंगा गाउँपालिका-६ बस्ने ३२ वर्षीय बिनोद चौधरीको सुनसरी दुहबी नगरपालिका-३ स्थित डेरा कोठाबाट चाईनिज पेस्तोल १ थान, सोको म्याग्जिन १ थान र गोली १ राउण्ड आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बिनोदलाई चोरी मुद्दामा नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा उनको डेरा कोठा तलासी गर्दा उक्त हातहतियार फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेटवार्ता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गर्नुभएको छ ।

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानून हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी हुनुहुन्थ्यो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग छलफल गरिरहेको छ ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ । उहाँले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयकका बारेमा भेटवार्ता गरिसक्नुभएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरिसकेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अङ्गीकृत नागरिकतालगायतमा विषयमा सहमति जुट्न सकेको छैन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु