काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका-१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी९पश्चिम०, सुनवल नगरपालिका-१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना चोकस्थित ना।६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका-२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी९पूर्व०, देवचुली नगरपालिका-९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका-१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका-२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, भिमफेदी गाउँपालिका-८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ गोंगबु आवासिय क्षेत्रस्थित निर्माणाधिन घरमा बसेर डकर्मी काम गर्ने मकवानपुर डाँडाखड्क स्थायी ठेगाना भएका ३७ वर्षीय भिम बहादुर घिसिङ सोही घरको भुइँ तलाको भर्‍याङ नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली मनहरापुल मुनी सालनाल सहितको नवजात शिशु बालिका आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

झापा, अर्जुनधारा नगरपालिका-१० कालिझोडास्थित जंगलमा दमक नगरपालिका-९ ताराबारी बस्ने ३८ वर्षीय अशोक रिजाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-३ आपगाछीस्थित खेतमा भद्रपुर नगरपालिका-३ बस्ने ५५ वर्षीय राजु गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-९ तेलारपुलको उत्तर भैलो भुजामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-१४ सेती दोभानस्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु