कास्की । माछापुछ्रे गाउँपालिका-४ लाचोक बस्ने ६२ वर्षीय नर बहादुर नेपालीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित विद्युतीय पोलबाट नाङ्गो तार घरको टहरामा खस्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सिरहा गोलबजार नगरपालिका-६ बस्ने २८ वर्षीय गोपाल पुर्वेको करेन्ट लागेर आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने मनोज कुमार सिंहको घरमा लेवरको काम गर्ने क्रममा बाहिर राखिएको बाँस लिन खोज्दा बाँसले बिजुलीको पोलको तारमा छोई करेन्ट लागेर अशक्त भएका उनको लङलाईफ हेल्थ केयर गोलबजारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईनारमा खसेर दुई जनाको मृत्यु
चितवन । माडी नगरपालिका-७ देबेन्द्रपुरस्थित ईनार सफा गर्ने क्रममा ईनारमा खसेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय शिव राई र सोही ठाउँ बस्ने २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु