काठमाडौं । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो ।
यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो ।
जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!