धार्मिक ब्यूरो । असार ४ गते शनिबारदेखि शुक्र ग्रहले आफ्नै राशि वृष राशिमा प्रवेश गरेको छ।

यस राशिमा बुध ग्रह विराजमान भइसकेको हुनाले दुवैको संयोजनबाट महालक्ष्मी योग बन्ने गर्दछ । जहाँ बुध वाणी, संचार र बुद्धिको प्रदायक हो। साथै शुक्रलाई सुख र समृद्धिको मालिक पनि भनिन्छ ।

वृष राशिमा बुध–शुक्रको संयोगले बन्ने महालक्ष्मी योगबाट कुन राशिलाई फाइदा पुग्छ यहाँ जान्नुहोस् ।

मेष – मेष राशिका व्यक्तिहरूलाई महालक्ष्मी योगबाट विशेष लाभ मिल्नेछ। धनको दोस्रो घर अर्थात् तपाईको कुण्डलीमा महालक्ष्मी योग बन्नेछ। धन र बोलीको स्थान मानिन्छ। आकस्मिक लाभ हुने सम्भावना छ ।

व्यापार व्यावसायमा लाभ हुनेछ । जग्गा बेचबिखनबाट ठूलो रकम आम्दानी हुन सक्छ । कार्यक्षेत्रमा कीर्ति बढ्नेछ । समय अनुकूल रहनेछ।

कर्कट – कर्कट राशिबाट ११ औं घरमा महालक्ष्मी योग बनिरहेको छ । कर्कट राशिका व्यक्तिहरुको मान सम्मान बढ्नेछ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

लामो समयदेखि रोकिएका काम वा योजनाहरू अब सफल हुन सक्छन्। नोकरीमा पदोन्नति हुन सक्छ। लामो र लाभदायक यात्रामा जानुपर्ने हुन सक्छ। बढ्दो खर्च नियन्त्रण हुनेछ र ऋणबाट पनि मुक्ति मिल्नेछ।

सिंह – सिंह राशिबाट दशौं घरमा महालक्ष्मी योग बनिरहेको छ। यस राशिका मानिसका लागि महालक्ष्मी योगले धेरै शुभ फल दिनेछ।

नोकरी, व्यवसाय वा कुनै क्षेत्रमा राम्रो अवसर मिल्नेछ। जागिरमा पदोन्नति र वृद्धि पनि हुन सक्छ। यस अवधिमा व्यवसायीहरूले मनग्य लाभ लिन सक्नेछन्।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु