काठमाडौं । राज्यमन्त्री विमला कुमारी खत्री (वली) ले आफूलाई बद्नाम गराउन षडयन्त्र गरिएको आरोप लगाउनु भएको छ ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले आफूलाई फसाउने षड्यन्त्र भएको बताउनु भएको हो ।
सापटी लिएको (३५ लाख रुपैयाँ) रकम लामो समयसम्म फिर्ता नगरेको भन्दै आफू बाध्य भएर एकराज बस्नेतको घरमा गएको उहाँले जानकारी दिनुभयो ।
एकराजको घरमा पुगे पनि बाहिर आएजस्तो कसैलाई कुटपिट नगरेको उहाँले बताउनुभयो ।
मन्त्री वली गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित रहेको बस्नेतको घरमा पुग्नु भएको थियो । वलीले एकराजकी श्रीमती मीना र छोरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
सो घटनापछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लियो । तर घटना भएको एक सातासम्म प्रहरीले मन्त्रीविरुद्धको जाहेरी दर्ता गर्न मानेको छैन् ।
घटनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा जेठ ३१ गते वलीलाई बुटवल पठाइएको थियो ।
त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उपचारका लागि अस्पताल भर्ना गरियो । अस्पतालले डिस्चार्ज गर्दिएपछि उहाँ अहिले घोराहीस्थित आफ्नो घरमा आराम गरिरहनु भएको छ । आफू र छोरीमाथि कुटपिट भएको भन्दै एकराज बस्नेतकी श्रीमती मीनाले जिल्ला प्रहरी कार्यालयमा वलीविरुद्ध जाहेरी दिनु भएको थियो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!