काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेका लागि आफ्नै दाजु हरिशरण लामिछाने बाध बन्ने देखिएको छ ।
रविले घोषणा गर्न लागेको क्षेत्र काठमाडौंको क्षेत्र नम्बर ३ मा पुराना सञ्चारकर्मी हरिशरणले आगामी प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको उद्घोष गर्नुभएको हो ।
हरिशरणले केही दिन अघि नै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गर्नुभएको थियो । तर, निर्वाचन क्षेत्र निश्चित भएको थिएन ।
केही स्वतन्त्र उम्मेदवारहरुबीच भएको छलफलपछि आफूले ३ नम्बरमा लड्ने तय भएको लामिछानेले जानकारी दिनुभएको छ ।
यता हरिशरणका आफ्नै भाइ रवि लामिछाने पनि प्रतिनिधिसभाको चुनाव लड्ने गृहकार्यमा हुनुहुन्छ ।
उहाँले पनि काठमाडौंको क्षेत्र नम्बर ३ मै रुची देखाएको स्रोतको दावी छ । यदि उहाँले पनि यही निर्वाचन क्षेत्र रोजे दाजु–भाइ नै एक–अर्काका प्रतिस्पर्धी बन्ने निश्चित छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली
हरिशरण र रवि दुवै काठमाडौं–३ कै मतदाता हुनुहुन्छ । उहाँहरुको स्थाइ घर भने काभ्रेको नगरकोटमा पर्छ ।
बाबुआमा ३ छोरामध्ये हरिशरण जेठा र रवि कान्छा हुनुहुन्छ । माइला भाइ भने मिडियाभन्दा बाहिर हुनुहुन्छ । छोराछोरी सानै छँदा उहाँहरुका बुबाको निधन भएको थियो ।
हरिशरणले आफूले उम्मेदवारी दिन लागेको विषयमा भाइ रविलाई जानकारी गराएको स्पष्ट पार्नुभएको छ ।
उहाँले उम्मेदवारी दिने घोषणा गरेपछि भाइसँग सल्लाह गरेको बताउनुभयो । रविले आफ्नो निर्वाचन क्षेत्र टुंगो नलागेको हुन्छ या हुन्न केही नभनेको हरिशरणको भनाई थियो । ’
रविले आफैं पार्टी गठन गर्ने गृहकार्य पनि गरेकाले स्वतन्त्र उम्मेदवारहरूको अभियानमा सहभागी नभएको हरिशरणको भनाई छ ।
‘यदि स्वतन्त्र उम्मेदवार दिन्छु भन्यो भने हामी सँगै हुन पनि सक्छौं, त्यो अवस्थामा निर्वाचन क्षेत्र तलमाथि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘तर, पार्टी नै गठन गरेको खण्डमा भने मैले आफ्नो निर्णय लिनुपर्छ ।’
रविले गठन गर्ने पार्टीमा आफूलाई जोड्न अनिच्छा व्यक्त गरेको पनि हरिशरणको भनाइ छ ।
‘दाजुभाइ नै एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरु आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो र मलाई पनि ठिकै लाग्यो,’ उहाँले भन्नुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!