झापा । लगातारको वर्षासँगै झापाको मुल बस्तिमा खोलाको बाढी पसेको छ । रतुवा खोलामा आएको बाढी बस्तीमा पसेको हो ।

बाढीको कटानका कारण दमक नगरपालिका–१७ रेडक्रस भवनपछाडिको बस्तीमा बाढी पसेर घरहरू डुबानमा परेको प्रहरीले बताएको छ ।

गएराति करिब १० बजे आएको बाढी बस्तीमा बाढी पसेपछि डुबानमा परेका १३ जनालाई सुरक्षित स्थानमा सारिएको झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

त्यस्तै मध्यरातमा रतुवाकै बाढी गौरादह नगरपालिका–६ टंगुवा बस्तीमा पसेपछि २५ घरजति डुबानमा परेको प्रहरीले बताएको छ । यहाँ करिब २ फिट पानी जमेको तर पानी घट्ने क्रममा रहेकाले जोखिम भने कम छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु