काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई नेपाली कांग्रेसले चुनावका लागि टिकट दिन प्रस्ताव गरेको छ ।

मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजना सहित चुनावमा होमिने घोषणा गर्नु लाग्नुभएका उहाँलाई कांग्रेसले आफ्नो पार्टीमा आउँन प्रस्ताव गरेको छ ।

अहिले क्रियाशील पार्टीमा लाग्ने, नयाँ पार्टी खोल्ने वा स्वतन्त्र निर्वाचन लड्ने तीन विकल्प बारे छलफलमा नै रहेका बेला कांग्रेसले रविलाई काठमाडौं २ बाट सांसदको टिकट दिने र जितेपछि मन्त्री पक्का गर्ने प्रस्ताव दिएको स्रोतको दावी छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल जारी नै राख्नुभएको छ ।

राप्रपाका नेताहरुसँगपनि उहाँ सघन संवादमा रहनुभएको छ । राप्रपाले समेत उहाँलाई प्रस्ताव गरिरहेको छ ।

एक कांग्रेसका नेताका अनुसार रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ ।

रविले ‘काम गर्ने भूमिका’ खोजेको निष्कर्षसहित मन्त्री नै बनाउनेसम्मको प्रतिबद्धता जनाउन कांग्रेसका केही शीर्ष नेता सकारात्मक देखिन्छन् ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो ।

गठबन्धन भएपनि नेपाल रौतहटको निर्वाचन क्षेत्रमा मात्र खिच्ने कांग्रेसको योजना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गर्नुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु