काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अत्यन्तै ट्यालेण्ट अभिनेत्रीका रुपमा गनिन्छिन् ।

‘चिसो मान्छे’ उनले अत्यन्तै मेहनत गरेको चलचित्र हो ।

नेपाली माटोको भर्खरै ज्वलन्त कथालाई बोकेर ‘चिसो मान्छे’ बनेको छ । यसमा स्वस्तिमाको मेहनतलाई सबैले सल्यूट गरिरहेका छन्।

अहिले हलहरूमा चलिरहेको ‘चिसो मान्छे’ चर्चित निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्का नाकमा बुलाकीको साथमा पोते, चौबन्दी, पुरानो झोलासँग मौलिकता दिन अभिनयमा उत्रिएकी छिन् ।

उनको बोलीको लवजपनि कथा र ठाउँ अनुसारको ठ्याक्कै छ । ‘ग्ल्यामरस’ छवि बनाएकी स्वस्तिमाको सुदूरपश्चिमेली महिलाको अवतारले सबैलाई लोभ्याउँछ ।

‘चिसो मान्छे’मा एक ‘चिसो’ मान्छे बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

खाडीबाट आइपुगेको त्यो बाकस लिन मृतककी श्रीमती पुष्पा (स्वस्तिमा खड्का) र मृतकका बाबु (देशभक्त खनाल) पुगेका छन् । उनीहरूको साथमा पिक अप भ्यान लिएर चालक अशोक थापा (अर्पण थापा) पुगेका छन् ।

तीनै पात्रको आ–आफ्नै कथा र मनोदशा छन् । यात्राका क्रममा भएका घटनालाई चलचित्रमा समेटिएको छ । कोरोना महामारीले कुल्चेको मानवतामाथि उनीहरू दुःखको अमिलो यात्रालाई पर्दामा उतारिएको छ ।

सानैदेखि गायिका हुने सपना बोकेकी फूलजस्ती पुष्पा पत्थरभन्दा जब्बर यथार्थबाट छुटकारा खोजिरहेकी छन् ।

श्रीमान् विदेशबाट कफिनमा आएको छ, तर त्यो कफिनसित पुष्पाको कुनै अपनत्व छैन । त्यो कफिनसँग जोडिएको केही छ भने दुई पोया पोते छ । त्यो पनि यात्राको बीचमै चुँडालेर फाल्छिन् ।

पिक अप भ्यान चालक अशोकसित छ महिने छोरी छे । श्रीमतीलाई कोभिडका कारण गुमाएको धेरै भएको छैन । कुखुरा पालक उनी त्यो व्यवसाय छाडेर गाडी चलाइरहेका छन् । मास्टर्स सकेका अशोकलाई दुःखले लखेटिरहेको छ । दुःखले भन्दा बेस्सरी लखेटेको छ बैंकको ऋणले ।

चलचित्रमा काठमाडौंबाट बाजुरासम्मको सडक यात्रामा जे जे भयो त्यही देखाइएको छ ।

जीवित हुँदा श्रीमान्को काँधमा राम्रोसँग निदाउन नपाएकी पुष्पाका लागि कफिन के हो ? थाहा हुन्न ।

पुष्पाको श्रीमान्सितको सम्बन्ध राम्रो थिएन पक्कै । जुन लास बोकेर फिरिरहेकी थिइन्, जिउँदो हुँदा पनि लासजस्तै नै थियो श्रीमान् ।

त्यसैले उनको चालकसँग नजिकिएको देखिन्छ । डोटेली भाषाको उच्चतम प्रयोग सुन्दर लाग्छ । फिल्मको समाप्ति पनि ओपन राखेका छन् । बाँकी कथा दर्शकलाई नै छाडिदिएका छन् । एक पटक हेरेर थप जान्नुहोला ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु