काठमाडौं । इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।
श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा छ । पछिल्लो समय पाकिस्तान र बंगलादेशमा पनि ऊर्जा संकट देखिएको छ ।
नेपालमापनि अत्याधिक मूल्य बृद्धि भएको छ । दोब्बर मूल्य पुगेकाले नेपालमापनि उच्च त्रास छ ।
विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् ।
जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ । यसले मानिसहरु अनावश्य सवारीमा यात्रा गर्ने कुरालाई नियन्त्रण गर्ने अधिकारीहरुको बुझाई छ ।
प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।
पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यवसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ ।
पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबीच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली
रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वभर इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रतिब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेलको मूल्य मार्चमा १२४ डलरमा उक्लिएको थियो । अहिले प्रतिब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!