काठमाडौं । साथी खोज्नका लागि नेपालमा पनि डेटिङ एप प्रयोग बढेको छ ।

यो बीचमा भारत, केरलाका एक व्यक्तिलाई आफ्नो लागि डेट (साथी) पत्ता लगाउनु भन्दा भाडामा घर खोज्नु गाह्रो भएको छ ।

घर खोज्नका लागि उनले जे गरे, अहिले उनी सामाजिक सञ्जालमा खुबै भाइरल हुँदैछन् ।

केरलाका यी व्यक्तिले मुम्बईमा भाडामा फ्ल्याट खोज्न डेटिङ एप बम्बलमा प्रोफाइल बनाएका हुन् । अहिले ती तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल हुँदैछन् ।

एक ट्विटर प्रयोगकर्ताले ती व्यक्तिको बम्बल प्रोफाइलको स्क्रिनसट साझा गरेका छन् । उनले डेटिङ एपमा आफ्नो बायोमा लेखेका छन्, ‘सेपियोसेक्सुअल होइन, मुम्बईमा फ्ल्याट खोज्दै’ भनेर लेखेका छन् ।

साथै उनले अगाडि लेखे, ‘हिन्दी जान्दिँन्, पश्चिम लाइनमा भाडामा ठाउँ खोज्न मद्दत गर्न सक्नुहुन्छ भने दायाँ स्वाइप गर्नुहोस् ।’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

क्विकेस्ट वे टू माई हार्टमा उनले लेखे, ‘मलाई अन्धेरीमा गैर–दलाली सम्पत्तिहरूको विवरण पठाउनुहोस् ।’ अर्को पङ्क्तिमा उनले लेखेका छन्, ‘यदि ब्रोकरेज माग्यो भने म प्रयोगकर्तालाई मुल्याङ्कन गर्दिन् ।’

स्क्रिनसट सेयर गर्दै, ट्विटर प्रयोगकर्ता एना डे अम्रासले लेखे, ‘होइन, तपाई बम्बलमा एक साथीको खोजीमा हुनुहुन्छ, उनी बम्बईमा एउटा ठाउँ भाडामा लिन चाहन्छन् ।’ यो पोस्ट सेयर हुनेबित्तिकै भाइरल भएको छ ।

https://twitter.com/superachnural/status/1536958261684883462

ट्विटर प्रयोगकर्ताहरू ती व्यक्तिको सरलताबाट निकै प्रभावित भएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘बम्बलमा धेरै व्यक्तिहरुले मुटुमा ठाउँ खोज्छन् तर उनी फ्ल्याटमा ठाउँ खोजिरहेका छन् ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘उनी सिंगापुरमा यो रणनीति प्रयोग गर्न चाहान्छन् ।’ यो ट्विटमा झण्डै तीन हजार लाइक आएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु