काठमाडौं । राष्ट्रपतिकी जेठी छोरीले देशको उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी जेठी छोरीले देशको उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी हुन् ।

सारा डुटेर्टेले दाभाभ सहरमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकताबद्ध राख्ने शपथ लिएकी हुन् । ४४ वर्षीया साराले एक दशकअघि आफ्नो बुबा पछि डाभाओ सहरको मेयरको पदभार ग्रहण गरेकी थिइन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

त्यसपछि नै उनको राजनीति सुरु भएको थियो । राष्ट्रपति रोड्रिगोको कार्यकाल पनि सकिन लागेको छ । फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बनेका थिए ।

उनको स्थानमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति बन्नेछन् । फिलिपिन्समा मे महिनामा राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।

साराह डुटेर्टेले भनिन्, ‘आगामी दिनहरू चुनौतिहरूले भरिपूर्ण हुन सक्छन्, जसले हामीलाई राष्ट्रको रूपमा थप एकताबद्ध हुन माग गर्दछ ।’ उपराष्ट्रपतिका रूपमा सारा डुटेर्टेको कार्यकाल जुन ३० बाट सुरु हुनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु