काठमाडौं । ‘नजर हट्यो, दुर्घटना घट्यो’ भन्ने उखान त धेरैले सुन्नु भएको होला । यो उखान अक्सर सडक दुर्घटनाको लागि प्रयोग गरिन्छ ।

यसैलाई चित्रण गर्ने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

वास्तवमा यो भिडियोमा हिँड्दा हिँड्दै अचानक एउटा स्कुटी चिप्लिन्छ । तर आफ्नो गल्ती स्वीकार्नुको सट्टा स्कुटीमा सवार महिलाले पछाडिबाट आइरहेका केटालाई दोष दिन्छिन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियो हेरेर केटामाथि कुटपिट हुने कुरामा आशंका गर्न गाह्रो छैन ।

तर त्यसपछि जे भयो, केटाले पिटाई खानु परेन् । भिडियोमा अगाडि जाँदै गरेको स्कुटी कुनै गाडीको ठक्करबाट नभई आफैं चिप्लेको स्पष्ट देखिन्छ ।

यो भिडियो अहिले सबैतिर भाइरल भइरहेको छ । भिडियोमा तपाई देख्न सक्नुहुन्छ एक पुरुष र एक महिला दुई पाङ्ग्रे गाडीमा आरामसँग जाँदैछन्, तर अचानक उनीहरूको स्कुटी चिप्लिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

स्कुटीमा बसेका दुबै जना अचानक उठ्छन् । त्यसपछि एक्कासी ती महिला उठेर पछाडिबाट आउँदै गरेको मोटरसाइकललाई दोष दिन थाल्छिन् ।

हामी तिम्रो मोटरसाइकलको ठक्करबाट लड्यौँ भन्ने तर्क उनले गरिरहेकी छिन् । तर ती केटा पनि धेरै चलाख निस्के ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

वास्तवमा, जब ती मानिसहरू लडिरहेका थिए, उनले सबै घटनाको भिडियो समेत बनाएका थिए । भिडियोमा उनीहरु मोटरसाइकलको ठक्करबाट नभई आफ्नो गल्तीले लडेको स्पष्ट देखिन्छ । पछाडि सवार केटाले दुर्घटनाको भिडियो देखाइदिने पनि जवाफ फर्काउँछन् ।

उक्त क्यामेरामा कैद भएको दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । अहिलेसम्म लाखौँ मानिसहरूले यसलाई हेरेका छन् । मान्छेहरु हास्यास्पद टिप्पणी पनि गरिरहेका छन् ।

एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘यसरी नै पुरुषलाई जताततै दोष लगाइन्छ ।’ यस्ता घटनाका कारण पनि पुरुष आयोग जरुरी भएको धेरैको भनाई छ । अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो घोर कलियुग हो ।’ ‘उनी एक महिला हुन्, जे पनि गर्न सक्छिन् ।’ भनेर पनि अर्को एकजनाले प्रतिकृया दिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु