काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्तको माग आउन थालेको छ । पर्यटन व्यवसायमा आबद्ध प्रमुख दलका संगठनहरूले मन्त्री आलेको बर्खास्तीको माग गरेका हुन् ।

मन्त्री आलेले अश्लील बोलेको अर्को अडियो बाहिरिएसँगै उहाँविरुद्ध आलोचना भइरहँदा नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।

मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती संगठनले आपत्ति जनाएका छन् ।

‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य व्यवहार गरेकोमा संगठनहरुले खद व्यक्त गरेका छन् ।

मन्त्रीको पदमा बसेर प्रेम आलेले कसैलेपनि सुन्न नसक्ने शब्दमा गालीगलौज गरिएको बारेमापनि निन्दा व्यक्त गरिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

एकपछि अर्को विवादमा मुछिदै स्वयम् ईतिहासकै बद्नाम मन्त्री भएकै कारण बर्खास्त गर्नुपर्ने व्यवसायीहरुको माग छ । उनलाई नहटाए सरकार र हामी निजी क्षेत्रले समेत शीर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ती संगठनले लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको आरोप समेत लगाएका छन् ।

‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित छौं ‘, तीन संगठनले भनेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु