काठमाडौं । अभिनेत्री एवं कलेज नेपाल सिरिजकी मुख्य पात्रको रुपमा अभिनय गरिरहेकी सुनिसा बजगाईं भोलि असार ७ गते विवाह बन्धनमा बाधिँदै छिन् ।

बजगाईंले चर्चित हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट बाल कलाकारका रुपमा ख्याति कमाएका राज आचार्यसँग लगनगाँठो कस्न लागेकी हुन् ।

विदेशमा चार्टर एकाउन्टेन्टको अध्ययन सकाएका आएका राज सुनिसाको प्रेममा परेका थिए ।

केही वर्षदेखि चलेको प्रेमलाई विवाहमा परिणत गर्दैछन् । आफूहरुले विवाह गर्न लागेको खबर उनीहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा साझा गरेका थिए ।

चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ अभिनेत्रीको रुपमा देखिएकी सुनिसा जमेर अभिनय गर्छिन् । उनका थुप्रै हिट म्युजिक भिडियोहरुपनि छन् ।

बजगाईं केही समयअघि आफ्नो ब्याचलर पार्टीमा व्यस्त थिइन् । विवाहको दिन नजिकिएसँगै उनले आफ्नो मेहेन्दीको तस्वीर पनि सार्वजनिक गरेकी छन् । तस्वीरमा उनी झनै बोल्ड देखिएकी छिन् ।

ब्याचलर पार्टीका यी १० तस्वीर हेर्नुहोस्

सम्बन्धित खबरहरु