काठमाडौं । शनिबार राति लखनउमा जोमाटो डेलिभरी ब्वाईबाट ग्राहकले खाना लिन अस्वीकार गरेँ । कारण थियो, डेलिभरी ब्वाई दलित थिए ।

डेलिभरी ब्वाई दलित भएको थाहा पाउने बित्तिकै ग्राहकले खाना लिन अस्वीकार गरेको आरोप छ ।

यति मात्र होइन, परिवारका सदस्यहरूले डेलिभरी ब्वाईलाई कुटपिट पनि गरेका छन् । त्यो सब गरेर मन नभरिएपछि उनीहरुले मुखमा थुकेँ ।

यो सम्पूर्ण घटना आशियाना क्षेत्रको हो । पीडितको उजुरीको आधारमा प्रहरीले नाम खुलेका २ जना, अपरिचित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले यो घटना कुटपिटको मात्रै भएको भनेको छ ।

आशियानाका विनीत रावत जोमाटोमा डेलिभरी ब्वाई छन् । शनिबार राति उनलाई अजय सिंह नामका ग्राहकलाई घरमै डेलिभरी गर्न पठाइएको थियो । उनी डेलिभरी लिएर आए ।

प्रहरीलाई दिएको उजुरीमा आफूले अजय सिंहलाई आफ्नो नाम विनीत रावत बताएपछि उनी रिसाएको उल्लेख छ । त्यसपछि गाली गर्दै अजयले भने, ‘अब तिमीले छोएको कुरा हामी लिने ? त्यसमा विनीतले भनेँ, ‘खाना खान मन छैन् भने रद्द गर्नुहोस् तर गाली नगर्नुहोस् ।’

रिसले आगो भएका अजयले पहिले खानाको प्याकेट फाले, त्यसपछि मुखमा सुर्ती थुके । विनीतले प्रतिकार गर्दा अजय र उनका परिवारका सदस्यले उनलाई लाठीले कुटपिट गरेँ । विनीतले बालबाल भागेर प्रहरीलाई खबर गरेँ । केही बेरपछि डायल–११२ को टोली आइपुग्यो । प्रहरीले विनीतलाई उनको बाईक दिलायो र प्रहरी चौकीमा गएर उजुरी गर्न भन्यो ।

यस घटनामा आशियानाका प्रहरी निरीक्षक दीपक पाण्डे भन्छन्, ‘जब विपिन शनिबार राती अर्डर लिएर आइपुगे, अजय साथीसाई छोड्न कतै जाँदै थिए । अजयका अनुसार घरबाट निस्किने बित्तिकै विनीत पुगेका थिए ।

विनीतले उनको घरको ठेगाना सोधे । अजयले पान मसाला खाएका थिए । उनले विनीतलाई ठेगाना बताउन मसाला थुकेँ । त्यसको छिटा विनीतमाथि पर्यो । त्यसपछि विनीतले गाली गर्दै विवाद गर्न थालेँ । सोही कुरामा अजय र उनका परिवारका सदस्यले विनीतलाई कुटपिट गरेका हुन् ।

विनीतको जानकारी अनुसार प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि दुवै पक्ष शान्त भयो । प्रहरीले विनीतलाई प्रहरी चौकीमा ल्याइरहेको थियो, तर उनले त्यसबेला आउन अस्वीकार गरेँ ।

आइतबार वकिल लिएर आएका उनले एफआईआर दर्ता गराएका हुन् । हाल प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान थालिएको छ । दुवै पक्षलाई गहन रुपमा सोधपुछ गरिनेछ । नजिकै जडान गरिएका सीसीटीभीको पनि जाँच गरिनेछ।

 

सम्बन्धित खबरहरु