काठमाडौं । बागलुङ, बागलुङ नगरपालिका-२ स्थित बेष्ट वान रेष्टुरेन्टबाट ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा, नगद १० हजार रूपैयाँ र १ थान मोबाइल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठेखोला गाउँपालिका-४ तग्राम बस्ने २२ वर्षीय राजु थापा र चितवन खैरेनी नगरपालिका-६ घर भई हाल बागलुङ नगरपालिका-२ श्रीनगर टोल बस्ने २३ वर्षीय समिर अन्सारी रहेका छन् ।

थापाले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, पिपरा गाउँपालिका-४ स्थित पिपरा बजारबाट ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-२ बस्ने ६० वर्षीय महेशी मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सहोड्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका-७ स्थित लोहार पसलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ८० ट्याबलेट, स्पास्मो प्रक्सिभन प्लस ४ सय ३२ ट्याबलेट, फेनारगन, डाईजेल्याब, बुप्रिनोर्फिन १ हजार ८१८ एम्पुल, एकसय एमएलको डाईलेक्स डिसि ४ सय ३८ बोतल, नगद ४३ हजार ५ सय रूपैयाँ सहित भारत घर भएका २६ वर्षीय धर्मेन्द्र कुमार ठाकुर लगायत २ जनालाई इतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा लागूऔषध विक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले पसल तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै लागूऔषध ओसार पसारमा प्रयोग भएको ज।१ प ४७५८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु