मकवानपुर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा पक्राउ
लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले नगद ६३ हजार ७२५ रुपैयाँ र १६० पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु