काठमाडौं । काठमाडौं, महानगरपालिका-३ चप्पल कारखाना नजिक सडकमा बा.२ क ८८७१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-४ स्थित सडकमा बा.३२ प ५७७१ नम्बरको मोटरसाइकल र बीआर ०६ डीजी ८१९५ नम्बरको स्कार्पियो एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक दोलखा विगु गाउँपालिका-५ बस्ने १९ वर्षीय महेश भुजेलको मृत्यु भएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाईपासस्थित सडकमा लु.२ ख ३८ नम्बरको बसको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु