सुनसरी । बराहक्षेत्र नगरपालिका-१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राईको मृत्यु भएको छ ।

टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त रुपमा खटिएको टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला परेको हो ।

साथै घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका-६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन् ।

टेम्पो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पहिरोको कारण सडक अवरोध
मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका-३ रामचन्द्र भन्ज्याङस्थित भिमफेदी कुलेखानी सिस्नेरी काठमाडौं सडकमा आइतबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरेहको छ ।

विभिन्न धनमाल चोरी
ललितपुर । ललितपुर महानगरपालिका-२ साचल डेरा गरी बस्ने भारत घर भएका पुष्पेन्द्र सिंहको कोठाबाट नगद २ लाख नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ आइतबार दिउँसो चोरी भएको छ ।

साथै सोही ठाउँ डेरा गरी बस्ने सिराहा धनगढिमाईन नगरपालिका-१ घर भएका उत्तिम चौधरीको कोठाबाट नगद १० हजार रुपैयाँ र १ तोला सुनको सिक्री समेत गरी करिब १ लाख रुपैयाँ बराबरको धनाम चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु