काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।

उनलाई थुनामा पठाउन अदालतले आदेश दिएसँगै प्रहरीले कारागार लगेको हो ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गर्नुभएकोे हो । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्कनुभएको हो । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । मङ्गलबारदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु