काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने विश्वव्यापी बाध्यात्मक अवस्थामा रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिनुभयो ।
उहाँले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताउनुभयो । ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली
बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’ मन्त्री बडुले भन्नुभयो, ‘अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ ।
पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’
मन्त्री बडूले इन्धनमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर घटाएर मूल्य कम गरेको दावी गर्नुभयो । उहाँले कर घटाएर सस्तोमा पेट्रोलियम पदार्थ दिने प्रयास गरे पनि तत्काल प्रतिलिटर १० रुपैयाँ भन्दा कर घटाउन सक्ने अवस्था नरहेको पनि जिकिर गर्नुभयो ।
मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताउनुभयो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!