काठमाडौं । फ्यानहरू सधैं आफ्नो स्टारहरूको जीवनबारे जान्न उत्सुक हुन्छन् ।

बाल्यकालको तस्वीर होस् वा परिवार वा साथीभाइसँग बिताएका पलहरू, यसबारे उनीहरु जानकारी लिन मन पराउँछन् ।

जब यी सबै तस्वीर वा भिडियोहरू सामाजिक सञ्जालमा आउँछन्, तब फ्यानहरू सेयर गर्न थाल्छन् । अहिले एक बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

उनको पुरानो तस्बिर देखेर धेरैले चिन्न सकेनन् । फादर्स डेको (१९ जुन) मा बुबालाई शुभकामना दिन अभिनेत्री आफैंले बाल्यकालको यो तस्वीर पोस्ट गरेकी थिइन् ।

यस तस्वीरमा तपाईं देख्न सक्नुहुन्छ एक बालिका आफ्नो बुबाको काखमा आफ्नो मुखमा औंला राखेर बसिरहेकी छिन् । उनीसँगै उनकी आमा पनि छिन्, जसको काखमा अर्को सानो बच्चा पनि देखिन्छ ।

ती बालिका क्यामेरातिर हेरिरहेकी छिन्, उनका आमाबुवा उनलाई हेरेर मुस्कुराउँदै छन् । यी बलिउड अभिनेत्रीलाई अझै पनि चिन्न सक्नु भएको छैन भने हामी तपाईलाई एउटा सानो हिन्ट दिन्छौं ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उनी आफ्नो मनको कुरा निर्दोष ढंगले बोल्ने गरेका कारण पनि चर्चित छिन् । यससँगै उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।

यदि तपाईंले अहिलेसम्म यी अभिनेत्रीलाई चिन्नुभएको छैन भने, हामी तपाईंलाई बताउछौं कि बुबाको काखमा मुखमा औंला हालेर बसेकी यी बालिका अरू कोही नभएर बलिउडकी चर्चित अभिनेत्री स्वरा भास्कर हुन् ।

बाल्यकालको यो तस्वीर उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । तस्वीर सेयर गर्दै उनले यसको क्याप्शनमा लेखेका छन्, ‘ह्याप्पी फादर्स डे ड्याड ।

तपाईंले बहादुरी पुरस्कार पाउनु पर्छ, किनभने तपाईंले यी दुई सबैभन्दा बदमाश बच्चाहरूलाई मात्र हुर्काउनुभएन, तिनीहरूको सामना पनि गर्नुभएको छ ।’ स्वरा भास्करको यो तस्वीरलाई उनका फ्यानहरूले मन पराइरहेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु