काठमाडौं । सोमबार कोनोकोफिलिप्स कतारको विशाल प्राकृतिक ग्याँस विस्तारमा मद्दत गर्न सम्झौता गर्ने पहिलो विशाल अमेरिकी ऊर्जा कम्पनी बनेको छ । यसले विश्वव्यापी नयाँ आपूर्तिमा सहज बन्नेमा उर्जा बजारलाई उत्साहित बनाएको छ ।

ऊर्जा मन्त्री साद शेरिदा अल–काबीले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “कोनोकोफिलिप्सका एउटा शाखा ‘नर्थ फिल्ड इस्ट’ परियोजना फ्रान्सको टोटलएनजीको तुलनामा झण्डै आधा छ र उसको यस परियोजनामा ६.२५ प्रतिशत हिस्सा रहेको छ भने इटालीको ईएनआई बराबर रहेको छ ।”

यस सम्झौताको मूल्यको कुनै तथ्यांक दिइएको छैन तर टोटलएनर्जीले पहिले आफ्नो संयुक्त उद्यमका लागि २ अर्ब अमेरिकी डलर तिरिसकेको कुरा बताएको थियो ।

अहिलेसम्म पत्ता लागेको विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस भण्डार भएको नर्थ फिल्डको विस्तारमा २८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यहाँ सन् २०२७ सम्ममा हालको ७७ मिलियन टनबाट उत्पादन वृद्धि गराई ११० मिलियन टन पु¥याउने योजना रहेको छ ।

यूरोपको ऊर्जा आपूर्तिमा यूक्रेनको रूसी आक्रमणको कारण यो परियोजनाले बढ्दो अन्तरराष्ट्रिय महत्व पाएको छ ।

कोनोकोफिलिप्स र राज्य स्वामित्वमा रहेको कतार एनर्जीबीचको संयुक्त उद्यम २७ वर्षसम्म रहनेछ, तर अल–काबीले नर्थ फिल्डबाट ५० वर्षभन्दा बढी ग्यास उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कोनोकोफिलिप्सका अध्यक्ष रायन लान्सले यो ‘संसारको सबैभन्दा राम्रो’ परियोजना हुने भन्दै यस सम्झौताको प्रशंसा गर्नुभएको छ ।

आगामी दिनमा कतारले थप साझेदार घोषणा गर्ने अपेक्षा गरिएको छ । उद्योग स्रोतले उल्लेख गरेका नाममध्ये चिनियाँ राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनीहरु पनि प्रतिस्पर्धी हुने सम्भावना छ । चीन यस पहिले नै कतारी प्राकृतिक ग्याँसको लागि सबैभन्दा ठूलो ग्राहकहरू मध्ये एक हो ।

बिस्तारमा भाग लिने कम्पनीहरूको निर्णयमा ‘शून्य कूटनीतिक प्रभाव’ रहने बताउँदै काबीले भन्नुभयो, “भुक्तानी गरिएको मूल्य, ‘योग्यता’, र नयाँ बजारहरूमा पहुँच प्रदान गर्ने क्षमता चयन निर्धारण गर्ने बिषय प्रमुख हुनेछन् ।”

सम्बन्धित खबरहरु