काठमाडौं । पत्रकारिता छोडेर हालै राजनीतिमा प्रवेश गर्ने घोषणा गर्नुभएका रवि लामिछानेले नयाँ राजनीतिक दल बनाउने पक्का भएको छ ।

मंगलबार (आज) राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा लामिछानेले आफ्नो दलको औपचारिक घोषणा गर्न लाग्नु भएको हो ।

लामो समय न्यूज२४ नेपालमा रहनु भएका उहाँ पछिल्लो पटक ग्यालेक्सी टेलिभिजनमा हुनुहुन्थ्यो । त्यहाँबाट राजीनामा दिएर लामिछानेले राजनीति रोज्नुभयो ।

उहाँले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने पनि बताइसक्नु भएको छ । अहिलेका सबै दलहरुले पार्टी प्रवेशका लागि निम्तो दिए पनि स्वतन्त्र लड्ने कुरा बाहिर आएको थियो ।

तर विशेष श्रोतका अनुसार उहाँ आफ्नै नयाँ दल खोल्ने तयारीमा हुनुहुन्छ । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उहाँले यस्तो निर्णय लिएको अनुमान गरिएको छ ।

रवि स्वयम् भने प्रत्यक्षमा नै लड्न लाग्नु भएको छ । रविका दाजु हरिशरण लामिछाने पनि राजनीतिमा लाग्नु भएको छ । उहाँले नै भाईले नयाँ पार्टी खोल्न लागेको छ भनेर जानकारी गराउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

आफूले भाईलाई शुभेच्छा दिएको बताउँदै उहाँले रविले आज नयाँ पार्टी घोषणा गर्न लागेको जानकारी दिनुभयो । दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादजस्ता कुराहरू आउँने भन्दै उहाँले भाईसँग सहकार्य नहुने पनि स्पष्ट पार्नुभएको छ ।

रविको टिमले भने सबै कुरा गोप्य राख्दै आएको छ । पूर्वसञ्चारकर्मी लामिछानेले काठमाडौंको बसुन्धारामा आफ्नो पार्टीको कार्यालय स्थापना गर्नुभएको छ ।

राजनीतिदेखि दिक्क भएका आम नागरिक अब रविको छवि ओरालो लाग्ने पक्का भएको विश्लेषण सुनाउँन थालेका छन् । राजनीतिक दलकै नेता बन्ने निधो लिएकाले छवि ओरालो लाग्नेछ । स्वतन्त्र भएको भए अहिले मतदाताले पत्याउन सक्थे नत्र यो भन्दा अघि परीक्षण हुनु भएका पत्रकार रविन्द्र मिश्र कै हाल हुने केहीको अनुमान छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु