काठमाडौं । विश्वले गौरव गर्ने नेपाली शान्ति सैनिकसँग प्रधानसेनापति प्रभुराम शर्माले झनै गौरवपूर्ण उपस्थिती जनाउँनुभएको छ ।

नेपाली सेना संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ उपस्थितीमा विश्वकै चौथो स्थानमा छ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने मुलुकमा नेपालले चौथो स्थान कायम गरेको हो ।

यसअघि नेपाल पाचौं स्थानमा थियो। २०७६ सालदेखि चौथो स्थानमा छ । शान्ति सेना पठाउने विश्वका एक सय २२ सैनिक तथा प्रहरी पठाउने मुलुकमध्ये नेपाल चौथो मुलुकमा उक्लन सफल छ ।

हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत खटिने गरेका छन्।

हाल यो संख्या पाँच हजार ६ सय ५८ रहेको छ। शान्ति स्थापना कार्यका लागि हाल नेपाली सेनाका पाँच हजार ९६ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट पाँच सय ६२ फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन्।

यी सबै स्थानमा प्रधानसेनापति शर्माले निरीक्षण भ्रमण गरिरहनुभएको छ । त्यहाँका देशहरुमा उहाँलाई उच्च सम्मानका साथ स्वागत भइरहेको छ । हेर्नुहोस् तस्वीरमा

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सेनाबाट प्राप्त जानकारी

प्रधान सेनापतिद्वारा NEPBATT Headquarter तथा UNIFIL Force Headquarter, Naqoura को भ्रमण

१. मिति २०७९ असार ०४ गतेबाट UNIFIL Mission Lebanon को निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा लगायतका भ्रमणदलले आज मिति २०७९ असार ०६ (तद्अनुसार 20 June, 2022) गते UNIFIL Mission Lebanon मा तैनाथ NEPBATT Headquarter को निरीक्षण भ्रमण गर्नु भएको छ ।

सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हे.क्वा. मा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुका साथै, शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याएका २ (दुई) जना नेपाली शान्ति सैनिकहरु र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गर्नु भएका ३ (तीन) जना लेवनानी नागरिकहरु गरी जम्मा ५ (पाँच) जनालाई निजहरुले पुर्‍याउनु भएको योगदानको कदर स्वरुप "प्रधान सेनापति प्रशंसा निशान" प्रदान गर्नु भएको व्यहोरा जानकारी गराईन्छ ।

२. सोही क्रममा, प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरुले आज नै UNIFIL Force Headquarter, Naqoura को भ्रमण गर्नु भएको थियो ।

भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्माले UNIFIL Mission Lebanon का Head of Mission (HOM)/Force Commander (FC) Major General Aroldo Lázaro Sáenz सँग शिष्टाचार भेटघाट गर्नु भएको थियो ।

भेटघाटको क्रममा HOM/FC Major General Sáenz ले दक्षिण लेवनानमा शान्ति स्थापनाका लागि UNIFIL मिसनमा स्थापना काल देखि नै नेपाली सेनाको निरन्तर सहभागिता तथा व्यवसायिकताको खुलेर प्रशंसा गर्नु भएको थियो । त्यसैगरी, प्रधान सेनापति महारथी शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि UNIFIL को mandate अनुरुप कार्य सम्पादन गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको र UNIFIL मा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

प्रधान सेनापति महारथी शर्माको सम्मानमा UNIFIL Force Headquarter को एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. भ्रमणकै दौरान प्रधान सेनापति महारथी शर्माले, UNIFIL मिशनका Chief of Staff (COS) Major General Hubert Gomart तथा मिशनका अन्य पदाधिकारीहरुसँग समेत शिष्टाचार भेट गर्नु भई मिशनको वस्तुस्थिती तथा विविध पक्षहरुको बारेमा जानकारी लिनु भएको थियो ।

उक्त भेटघाट पश्चात प्रधान सेनापति महारथी शर्माले, Force Headquarter मा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृतहरुसँग अन्तर्क्रिया गर्नु भएको व्यहोरा समेत जानकारी गराईन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु