काठमाडौं । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ ।
छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् ।
भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ ।
भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।
पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिनुभयो । आसाम लगातार बाढीको चपेटामा परेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू बढ्दो पानीले डुबेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् ।
राज्य पहिलो पटक अप्रिलमा प्रभावित भएको थियो । हाल पुनः बर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।
छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।मनसुन आँधीले बङ्गलादेशमा विनाशकारी बाढी पनि फैलाएको छ । लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको छ ।
सोमबार, बाढीको पानी सिल्हेटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताउनु भएको छ ।
आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट छ । धेरै घर फर्कन डराउँछन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्,’ उहाँले एएफपीलाई बताउनु भएको छ ।
जमालपुर जिल्लामा, एक आठ वर्षीया बालिकालाई डुबानमा परेको घरको आँगनबाट बगाएको थियो र पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताउनु भएको छ ।
दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहयो जसले बन्दरगाह सहरमा जलमग्नता र पहिरोको जोखिम बढाएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!