रितिक अधिकारी, सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा वडा नं. ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ।

हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३–२४ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।

हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो । अहिले प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशबाट कुकुरसहित विशेष टोली बोलाएर अनुशन्धान सुरु गरिरहेका छौ । थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने पोख्रेलले बताउनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु