काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन माग गर्नुभएको छ ।
उहाँहरुले निर्वाचन आयोग नै पुगेर विदेशमा रहेका नेपालीहरुलाई त्यहीबाट मताधिकार दिन तयारी गर्नका लागि आयोगलाई भन्नुभयो ।
कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाशले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिन माग गर्नुभएको हो ।
भेटपछि महामन्त्री शर्माले ‘नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र हुँदैन, भोट चल्ने दिन बनाउनुपर्छ भन्ने माग राखेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसमा सकारात्मक जवाफ दिनुभएको थियो । आयोग पनि यसमा सकारात्मक देखिएको छ ।
अर्का महामन्त्री थापाले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उहाँहरुका लागि छुट्टै केन्द्र तोकेर नामावली संकलन गर्न आग्रह गरिएको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
अघिल्लो पटक जस्तै स्थानीय तहमै नामावली गर्न समेत आयोगलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन आचार संहिता कार्यान्वयनका साथै निर्वाचन खर्च घटाउने विषयमा पनि छलफल भएको महामन्त्री थापाको भनाई थियो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!