काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ ।

पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको दावी गर्नुभयो ।

यो भूमि फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको ओलीको भनाई छ ।

एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उहाँले कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै नसकेको बताउनुभयो ।

यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ त्यो नेपालको भूमि हो ।’

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध विगार्ने कुरा पनि होइन ।’ यो भारतले बुझ्नुपर्छ भन्नुभयो ।

भारतीय प्राधनमन्त्रीसँग भएको भेटहरुमा आफूले यसबारे खुलस्त छलफल गरेको भन्दै ओलीले राजनीतिक खचपच नभएको भए यो विषय सल्टिसक्थ्यो जस्तो लागेको ओलीको भनाई थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु